नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा

१९ भाद्र २०८१, बुधबार ०९:२५

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्रीमा ल्याउने बैंकले जनाएको छ ।

शेयर किन्न इच्छुक शेयरधनीले आवश्यक पर्ने कागजात सहित आफूले किन्न चाहेको शेयर विवरण खुलाई ३५ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*