एससीटीको ‘तिर्की दाउः ट्रायल अफर‘ ७७७ रुपैयाँसम्म क्यासब्याक

१९ भाद्र २०८१, बुधबार ०९:१८

काठमाडौं । आउँदै गरेको पर्व हरितालिका तीज, बडा दशैं तथा तिहारलाई लक्षित गरेर स्मार्टचोइस टेक्नोलोजील लिमिटेड (एससीटी) ले ‘तिर्की दाउः ट्रायल अफर’ सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत एससीटी–यूपीआई डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरीदमा पीओएस मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् । हालसम्म एससीटी–यूपीआई डेबिट कार्ड नलिएका ग्राहकले कार्ड एससीटीसँग आवद्ध बैंक तथा वित्तीय संस्थामा प्राप्त गर्न सक्नेछन् ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएका एससीटी–यूपीआई डेबिट कार्ड प्रयोग गरेमा १११ रुपैयाँको क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । साथै सात वा सोभन्दा धेरै कारोबार गर्दा ७७७ रुपैयाँ क्यासब्याक पाउन सक्नेछन् । यसका लागि हरेक कारोबारको रकम ५०० रुपैयाँ वा सोभन्दा धेरै हुनुपर्ने र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुने कम्पनीले बताएको छ ।

साथै भारतमा पनि नेपाली रुपैया“ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैया“ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरू एससीटीको आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*