राष्ट्रिय बीमा कम्पनी र मेट्रो ट्राफिक एफएमबीच पीएसए तथा सूचना प्रसारण सम्झौता

१९ भाद्र २०८१, बुधबार ०९:०३

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेड मेट्रो ट्राफिक एफएमबीच पीएसए तथा सूचना प्रसारण सम्बन्धी सम्झौता भएको छ ।

राष्ट्रिय वीमा कम्पनीको प्रधान कार्यालय रामशाहपथ, काठमाडौंमा सम्पन्न उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. शिवहरि श्रेष्ठ तथा मेट्रो ट्राफिक एफएम ९५.५ को तर्फवाट प्रहरी नायव उपरिक्षक इ. विशाल ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले यही भाद्र १५ गते देखी प्रसारण गर्ने गरी कम्पनीका प्रडक्ट, बीमा सम्बन्धी सूचनाहरू र बीमा सचेतनाका विषयहरू प्रसारण गर्ने गरी मेट्रो ट्राफिक एफएम ९५.५ सँग सम्झौता गरेको कम्पनीका वजार विभाग प्रमुख व्यवस्थापक देवराज घिमिरेले बताए ।

साथै भविष्यमा मुलुकभरीका सञ्चार माध्यमबाट बीमा सम्वन्धी सूचना, कम्पनीका प्रडक्ट तथा गतिविधि र बीमा सम्वन्धी सन्देशहरू क्रमशः प्रसारण गर्दै जाने लक्ष्य रहेको कम्पनीका सीईओ श्रेष्ठले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*