प्रतिकित्ता ३०० रुपैयाँमा नेपाल इन्स्योरेन्सको शेयर बिक्रीमा

१९ भाद्र २०८१, बुधबार ०८:१५

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर जो कोहीले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ । शेयर किन्न बोलकबोल गर्दा घटीमा एक हजार कित्ता र बढीमा १० ले निःशेष भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन आज भदौ १९ गतेदेखि असोज २ गते अपरान्ह ३ बजेभित्र बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्ने गरी दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*