कस्तो अवस्थामा बीमा अभिकर्ताको लाइसेन्स रद्द हुन्छ ? यस्तो छ प्राधिकरणको निर्देशन

१८ भाद्र २०८१, मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी (पहिलो निर्देशिका)लाई संसोधन गरेको छ ।

जसमा बीमा अभिकर्ताहरुको हकमा प्राधिकरणले कडाई गरेको छ।

बीमा प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्बन्धी( पहिलो संसोधन) निर्देशिका, २०८१ अन्तर्गत अभिकर्ताहरुमाथि थप कडाई गरेको हो ।

जसमा बीमा अभिकर्ताले आफू अभिकर्ता भई बीमितको स्वास्थ्य अवस्था, उपचारको अभिलेख, उमेर आयस्रोत, तथा कागतपत्र विवरणहरु पूर्ण रुपमा नभरी ढाँटी वा लुकाई बीमा गरेको वा गराईएको पाईएमा ऐनको दफा १४० बमोजिम बीमा कसुर गरेको मानिनेछ र त्यस्को बीमालेख सिफारिस गर्ने अभिकर्ताको इजाजतपत्र रद्द गर्न सकिने व्यवस्था प्राधिकरणले उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*