बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि तयार, कुन-कुन बिषय समेटिए ?
![](https://www.beemapost.com/wp-content/uploads/2024/09/beem-apradiakra.jpg)
काठमाडौं। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ।
बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो कार्यविधि बनाएको जनाएको छ।
बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै उजुरीमा वा बीमक, बीमित वा बीमाका कुनै पक्षले मेलमिलाप वा मध्यस्थताका माध्यमबाट विवादको निरुपण गर्न प्राधिकरणमा निवदेन पेश गनुपर्ने हुन्छ । ।सो मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि संसोधन गर्दै बीमा प्राधिकरणले नयाँ व्यवस्था ल्याएको हो ।
बीमितले प्राधिकरणमा पेश गरेको निवेदनमा प्राधिकरणको सञ्चालक समिति आफैँले वा मेलमिलाप तथा मध्यस्थता समितिमार्फत यो कार्यविधिबमोजिमको प्रक्रिया पूरा गरी विवादको निरुपण गराउन सकिने व्यवस्था संसोधित कार्यविधिले गरेको छ।
जसका लागि प्राधिकरणले मध्यस्थता समिति गठन गनुपर्ने बिषय उल्लेख गरेको छ।
प्राधिकरणले समयावधि थप्न सक्ने व्यवस्था अन्तर्गत मेलमिलाप तथा मध्यस्थता सम्बन्धी कारवाही गर्दै जाँदा प्राधिकरणले तोकेको समयावधिभित्र मेलमिलाप तथा मध्यस्थता सम्बन्धी काम सम्पन्न हुन नसकेमा र पक्षहरुबिच मेलमिलाप हुने पर्याप्त सम्भावना रहेको देखिएमा मेलमिलाप वा मध्यस्थता समितिले पक्षहरुको सहमति लिई सञ्चाक समिति समक्ष मेलमिलाप तथा मध्यस्थता गराउन समयावधि थप गर्न समेत आग्रह गरेको छ ।