आज बीमा समूहमा उछाल, कुन कम्पनीको शेयर भाउ कति?

१८ भाद्र २०८१, मंगलवार १५:५४

काठमाडौं । मंगलबार बीमा समूहमा उछाल आएको छ । यस दिन नेप्से परिसूचक सामान्य ६.९० अंकले बढ्दा बीमा क्षेत्रमा हरियाली छाएको हो ।

आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूह २.२५ प्रतिशतले बढेको छ ।

नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमा कम्पनीहरूको शेयरमूल्य बढेको छ । जसमा एनएजली इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

यस दिन सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको शेयरमूल्य १९ हजार २ रुपैयाँ पुगेको छ भने एनएजली इन्स्योरेन्सको १ हजार २७० रुपैयाँ ५० पैसा कायम भएको छ । आज सबैभन्दा कम आईजीआई पू्रडेन्सियलको ६७३ रुपैयाँ प्रतिकित्ता मूल्य कायम भएको छ ।

जीवन बीमातर्फ पनि आज ११ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने सन नेपाल लाइफको ०.१५ प्रतिशतले घटेको छ । आज प्रभु महालक्ष्मी लाइफको सर्वाधिक ३.२७ प्रतिशतले शेयरभाउ बढेको छ ।

आज एलआईसी नेपालको शेयरमूल्य सर्वाधिक २ हजार ३६९ रुपैयाँ ९० पैसा कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको ९०६ रुपैयाँ १० पैसा, एशियन लाइफको ७७५ रुपैयाँ शेयरमूल्य कायम भएको छ ।

हिमालयन लाइफको सर्वाधिक कम ५१९ रुपैयाँ शेयरमूल्य छ भने आईएमई लाइफ र सूर्यज्योति लाइफको समान ५३९ रुपैयाँ कायम भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*