सामान्य बढ्यो नेप्से, बीमा समूहमा उछाल

१८ भाद्र २०८१, मंगलवार १५:०७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर १८३०.१६ विन्दुमा कायम भएको छ । आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

यस दिन पाँचवटा समूह बढ्दा आठ वटा समूह भने घटेको छ । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशत, जीवन बीमा समूह २.२८ प्रतिशत र विकास बैंक समूह १.३२ प्रतिशतले वृद्धि भएको छ । आज नेप्सेमा सूचीकृत १२ वटै निर्जीवन बीमा कम्पनीहरूको र ११ वटा जीवन बीमा कम्पनीको शेयरमूल्य बढेको छ ।

नेप्से सामान्य बढे तापनि आज हिमालयन पावर पार्टनर, दोल्ती पावर, मितेरी डेभलपमेन्ट बैंक, एनआईबिएल स्टेबल फण्ड, नेपाल फाइनान्स, गुडविल फाइनान्स, मन्दाकिनी हाइड्रोपावर, अप्पर स्याङ्गे हाइड्रोपावर, स्वरोजगार लघुवित्त र माई खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*