बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको लाईसेन्स ठाउँको ठाउँ रद्द गर्ने नयाँ घोषणा, सुर्य सिलवाललाई कसले उचाल्यो ?

१८ भाद्र २०८१, मंगलवार १४:२२

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल बीमक कम्पनीको उक्साहटमा परेपछि बीमा अभिकर्तामाथि अर्को डण्डा बर्साएका छन् । पछिल्लो पटक पुरानो बीमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको लाईसेन्स खारेज गर्ने नयाँ व्यवस्था लागू गरेका छन् ।

आज सार्वजनिक गरिएको तर पुरानो मिति राखेर पास गरिएको संस्थागत सुशासन सम्बन्धी निर्देशिकाको बुँदा नं ३६ को ३ नम्वर बुँदा संशोधन गर्दै बीमा अभिकर्ताको लाइसेन्स खारेज गर्ने नयाँ व्यवस्था थप गरिएको छ । बीमा अभिकर्ताहरुले बीमा गर्ने क्रममा बीमितको विवरण ढाँटेर भरेको अवस्थामा बीमा अभिकर्ताको लाइसेन्स खारेज गर्ने व्यवस्था राखिएको हो । उक्त व्यवस्था अनुसार बीमितले नै झुठा विवरण दिएमा वा बीमा प्रस्ताव फारम बीमा अभिकर्ताले नभरी बीमक कम्पनीकै कर्मचारीले भरेको अवस्थामा के हुने भन्ने व्यहोरा उल्लेख छैन ।

सुर्य सिलवालले जारी गरेको नयाँ नियम अनुसार बीमा कम्पनीका कर्मचारीहरुले बीमितको प्रस्ताव फारम भरेको अवस्थामा समेत बीमा अभिकर्ताको लाइसेन्स खारेज हुने नयाँ व्यवस्था लागू गरिएको छ ।
बीमा प्राधिकरणमा सुर्य सिलवाल अध्यक्ष भएर आएपछि बीमा अभिकर्ताको घाँटी रेट्ने काम गर्दै आएका छन् । यसअघि बीमा अभिकर्तालाई आफू र आफ्नो परिवारको बीमा गर्न नपाउने नियम लगाएकोमा यस पटक उक्त दफा संशोधन त भयो तर बीमा अभिकर्ताको लाइसेन्स नै खारेज गर्ने गरी नयाँ नियम थपिएकोमा बीमा अभिकर्ताहरुले पुनः आक्रोस व्यक्त गरेका छन् ।

बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाललाई उक्त कार्यका लागि कसले उचाल्यो भन्ने तथ्य खुल्न बाँकी छ । अध्यक्ष सिलवाललाई बीमा अभिकर्ताविरुद्ध चाल्नेमा लघुबीमा कम्पनीहरु हुन वा बजारमा चलेका सिईओहरु मध्येका कुनै हुन् खुल्न बाँकी छ ।

One thought on “बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको लाईसेन्स ठाउँको ठाउँ रद्द गर्ने नयाँ घोषणा, सुर्य सिलवाललाई कसले उचाल्यो ?

  1. रामचन्द्र अर्याल says:

    अभिकर्ताले जानी जानी गल्ती फारम भर्नु पनि त भएन नि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*