सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

१८ भाद्र २०८१, मंगलवार ०८:५१

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् । यसर्थ, भदौ २५ गतेसम्म कायम इकाईधनीहरूले मात्रै लाभांश पाउनेछन् ।

सानिमा इक्विटी फन्डका इकाईधनीहरूलाई कर सहित १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डका इकाईधनीहरूलाई करसहित १० प्रतिशत र सानिमा ग्रोथ फन्डका इकाईधनीलाई कर सहित १० प्रतिशत नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरिसकिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*