प्रतिकित्ता १०० रुपैयाँमै समृद्धि फाइनान्सको शेयर बिक्रीमा

१८ भाद्र २०८१, मंगलवार ०८:३२

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । यदि ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेको खण्डमा भने सो शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी पुनः बिक्रीमा राखिने कम्पनीले जनाएको छ ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ प्रतिकित्ता तोकिएको छ । शेयर किन्न इच्छुक शेयरधनीले आफूले किन्न चाहेको शेयर विवरण खुलाई सञ्चालक समितिलाई सम्बोधन गरी निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*