रोल्पामा जीवन बीमा उपहार दिनेको संख्या बढ्दै
काठमाडौं । पछिल्लो समय जिल्लामा जन्मदिनको अवसर पारी जीवन बीमा उपहार दिनेको संख्या बढ्दै गएको छ ।
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका –५ का बेगम गिरी र हिरा गुरुङले आफ्नी छोरी प्रीयांन्सी गिरीको जन्मदिनको अवसर पारेर हिमालयन लाइफ इन्स्योरेन्स रोल्पा शाखामा बीमा गरिदिएको छ।
अन्य खर्चलाई कम गरि जिबन बीमा गरे जीवनको सुरक्षा र बचत समेत हुने भएकाले आफुले आफ्नी छोरीको जन्मदिनमा बीमा गरेको आमा हिरा गुरुङले बताएका हुन् ।
जिल्लामा अन्य पनि जीवन बीमाको कम्पनीहरु भएपनि हिमालयन लाइफ इन्स्योरेन्समा उत्कृष्ट बीमाका सुविधाहरु भएकाले आफुले यही कम्पनीबाटै छोरीको बीमा गरेको उनको भनाई छ ।
जिल्लामा पछिल्लो समयमा हिमालयन लाइफ इन्स्योरेन्स प्रति ग्राहकहरुको आकर्षण बढेको रोल्पा शाखाका प्रमुख भानुभक्त सन्यासीले बताएका छन् ।
पछिल्लो समय सर्वसाधारणले बीमा गरेर पोलिसी उपहार दिने प्रचलन पनि चलेको छ । जसले गर्दा समाजमा बचत गर्ने प्रवृत्तिको बिकास समेत भएको छ।
सुरक्षित भबिष्यको लागि बच्चा र प्रस्तावकको जोखिम बहन हुने तथा बचत सँंगसंँगै सुरक्षाका लागि भन्दै उनले बार्षिक रुपमा ३४ हजार ८ सय ४२ रुपैयाँ जम्मा गर्ने गरि सो बीमा पोलिसि लिएका हुन ।
उक्त बीमालेख कम्पनीको रोल्पा शाखा प्रमुख भानुभक्त सन्यासी र ऐजेन्सि म्यानेजर फागेन्द्र सुनारले संयुक्त रुपमा आमा हिरा गुरुङलाई बीमालेख हस्तान्तरण गरेका थिए ।
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नेपालको अब्बल दर्जाको जीवन बीमा कम्पनी भएकाले आफुले यस कम्पनीमै बीमा गरेको उनको भनाई छ ।