सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त

१७ भाद्र २०८१, सोमबार १८:३४

काठमाडौं । सन नेपाल लाइफको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् ।

यसअघि आईएमई लाइफमा सहायक महाप्रबन्धक रहेका चौलागाईको अबको यात्रा सन नेपाल लाइफबाट सुरु गरेका हुन् । यसअघि हिमालयन लाइफ, सानिमा रिलायन्स लाइफमा काम गरेका चौलागाईको आगमनसँगै सन नेपाल लाइफमा व्यवसाय अझै उच्च बृद्धि हुने अपेक्षा गरिएको छ ।

डिजिटल बीमा कार्यक्रमलाई अघि बढाउने र आम नागरिकमा देखा परेका दीर्घकालीन रोगमा समेत बीमा सेवा उपलब्ध गराउने उद्देश्यले सन नेपाल लाइफमा प्रवेश गरेको स्वागत कार्यक्रममा बताएका छन् ।

बीमा क्षेत्रमा उनको दुई दशकको अनुभवी चौलागाईको प्रवेशले सन नेपाल लाइफलाई थप उर्जा र हौसलासहित अघि बढाउने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*