नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत
१७ भाद्र २०८१, सोमबार १६:४०
काठमाडौं । नेप्सेमा नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आज इस्योरेन्सको ४।७५ प्रतिशत बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ ।