बजारको गिरावटले आत्तिएको लगानीकर्तालाई राहतः नेप्से ११७ अंकले बढ्यो, फाइनान्सको उपसूचकमा उछाल

१७ भाद्र २०८१, सोमबार १५:१२

काठमाडौं । गत साता साता नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज आईतबार ५३।६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको छ।

गत साता बजारमा भएको तिव्र उतारचढावलाई लिएर आत्तिएका लगानीकर्ताहरुलाई आजको शेयर बजारको बढोत्तरीले सकारात्मक बाटो देखाएको छ।

बजारको गिरावटले गत साता ठूलो रुप लिएका कारण निक्कै आत्तिएका लगानीकर्ताहरु सकारात्मक सुधारको पखाईमा रहेका छन् ।

नेप्सेमा ११७।६४ को विन्दुमा बढ्दा २८१३।५७ को विन्दुमा कायम भएको छ।

सूचीकृत ३३५ कम्पनीको ३ करोड कित्ताको शेयर खरिदबिक्रि हुँदा १२ अर्ब ७४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सबै उपसूचकमा हरीयाली छाएको छ।
आज फाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढी भएको देखिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*