११ वटा कम्पनीको शेयरमा सर्किट, अन्य कुन कम्पनीको भयो सर्वाधिक घटबढ?

१७ भाद्र २०८१, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ । यस दिन ३१ लाख ४३ हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख माथिको कारोबार भएको छ ।

नेप्से बढेसँगै यस दिन ११ वटा कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेको छ । आज नेशनल हाइड्रो, बेष्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएजली इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपर माई हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ ।

त्यस्तै दोल्ती पावर र मल्टीपर्पस फाइनान्सको ९.९९ प्रतिशत, कालिञ्चोक दर्शन र मोदी इनर्जीको ९.९७ प्रतिशतले शेयरभाउ बढेको छ ।

यता लक्ष्मी उन्नती कोष, माई खोला हाइड्रो, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, सनराइज फोकस्ड इक्विटी फण्ड लगायतका कम्पनीहरूको शेयरमुल्य सर्वाधिक घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*