करोडौं कर छलीको आरोपमा आईजिआई प्रुडेन्सियल इन्स्योरेन्समा राजश्व अनुसन्धान विभागको छापा

१७ भाद्र २०८१, सोमबार १३:४०

काठमाडौं । करोडौं रुपैयाँ कर छली गरेको सूचनाको आधारमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । विभाग स्रोतका अनुसार नक्सालस्थित आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयमा राजश्व अनुसन्धान विभागले छापा मारेको हो ।

अघिल्लो साता सिईओ युगेशभक्त वादे श्रेष्ठ कार्यालयमा भएकै समयमा राजश्व अनुसन्धान विभागले छापा मारेको जनाइएकोछ । प्रारम्भिक रुपमा प्राप्त समाचार अनुसार सिएआर सम्बन्धी बीमामा बीमा शुल्कमा घोटाला गरी कर छली गरेको सूचना राजश्व अनुसन्धान विभाग पुगेको छ ।

उता, राजश्व अनुसन्धान विभागले छापामारेपछि आईजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा तनाव बढेको छ । कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठले फोन उठाउन छोडेका छन् । त्यस्तै, सूचना अधिकारी तथा डेपुटी सिईओ शरण रेग्मीले घटनाको सम्बन्धमा केही बताउन चाहेनन् । उनले छापा मारेको तथ्य अस्वीकार समेत गरेनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*