स्वरोजगार लघुवित्तको २९ हजार कित्ता शेयर बिक्रीमा

१७ भाद्र २०८१, सोमबार ०९:२३

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । यदी ३५ दिनभित्र संस्थापकले सो शेयर नकिनेको खण्डमा भने कम्पनीले सर्वसाधारणमा बिक्री खुला गर्नेछ ।

शेयर किन्न इच्छुक संस्थापकले आवश्यक पर्ने कागजात संलग्न गरी काभ्रेपलाञ्चोकको बनेपा–५ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*