निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७ प्रतिशतले बढ्यो, कुनको कति ?

१६ भाद्र २०८१, आईतवार १९:१४

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा ७ प्रतिशतले बीमाशुल्क बढाएको छ।

चालु आर्थिक बर्षको पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहले ४ अर्ब २६ करोड रुपैया कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीहरुले ३ अर्ब ९८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए ।

गत आर्थिक बर्षको तुलनामा सर्वाधिक व्यवसाय बढाउने कम्पनी नेपाल इन्स्योरेन्स बनेको छ। अकम्पनीले गत बर्षको तुलनामा शतप्रतिशतले आफनो व्यवसाय बढाएको छ।

दोस्रोमा दि ओरियन्टल इन्स्योरेन्सले ४०.४६ प्रतिशतले बढाएको छ।

तेस्रोमा नेको इन्स्योरेन्स रहेको छ। कम्पनीको व्यवासाय गत बर्षको तुलनामा २७.५९ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, नेशनल इन्स्योरेन्सले १६.१० प्रतिशत, सलिकोले १४.५१ प्रतिशत, शिखरले ९.४९ प्रतिशत, सिद्धार्थ प्रिमियरले ६.६५ प्रतिशत, एनएलजी इन्स्योरेन्सले ३.७१ प्रतिशत, सानिमा जिआइसीको २.८२ प्रतिशत र आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्सको ०.७१ प्रतिशत व्यवसाय वृद्धि गरेको छ।

चार कम्पनीको व्यवायमा गिरावट
गत बर्षको साउनको तुलनामा पाँच कम्पनीको व्यवसायमा गिरावट अँएको छ।

युनाईटेड अजोड, हिमालयन एभरेष्ट, राष्ट्रिय बीमा कम्पनी र प्रभु इन्स्योरेन्सको व्यवसाय गत बर्षको तुलनामा घटेको छ। बीमा प्राधिकरणको तथ्यांक अनुसार राष्ट्रिय बीमा कम्पनीको १३ प्रतिशत, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५.१३ प्रतिशत र युनाइटेड अजोडको ३.९५ प्रतिशतले व्यवसाय घटेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*