कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने-अब प्रधानमन्त्री नबन्नुस्

१६ भाद्र २०८१, आईतवार १८:२२

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकमा उनले अरूलाई प्रधानमन्त्री पद छाड्न अनुरोध गरेको एक केन्द्रीय नेताले जानकारी दिए ।

‘शेखर कोइराला‚ शशांक कोइराला‚ विमलेन्द्र निधी‚ प्रकाशमान सिंह‚ पूर्णबहादुर खड्का‚ अर्जुननरसिंह केसी वा कसैलाई प्रधानमन्त्री बनाउनुहोस् तर तपाईँ छैटौँ पटक प्रधानमन्त्री बन्न नलाग्नुहोस् भनेर उहाँले बैठकमा भन्नुभयो‚’ ती सदस्यले भने ।

शर्माले बैठकमा अरूलाई प्रधानमन्त्री बनाए सभापतिको त्याग देखिने तथा समकालीन नेतालाई न्याय र कदर हुने बताएको ती नेताले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*