जन्म दिनको अवसरमा जेइसालाई ५ लाखको बाल अमृत बीमा पोलीसी उपहार

१६ भाद्र २०८१, आईतवार १८:०५

काठमाडौं । पछिल्लो समय जन्मदिन, बिवाहमा बीमा पोलिसी उपहार दिने प्रचलन बढदै आएको पाईन्छ । जन्मदिन, विवाह जस्ता शुभ दिनहरुमा परम्परागत प्रणाली अनुसार सुन, चाँदी, हार जस्ता बहुमुल्य चिजहरु उपहार दिने प्रचलनलाई तोड्दै पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।

यसैबीच, दोलखाको मेलुङ्ग गापा–१ हाल काठमाडौं बस्ने तारा उप्रेती आफ्नो एक बर्षीय छोरी जेइसा घिमिरेलाई पाँच लाखको बीमा पोलीसी उपहार दिएकी छिन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बाल अमृत शिक्षा बीमा योजना आफ्नो छारीलाई उहार स्वरुप हस्तान्तरण गरेकी हुन् ।

छोरीको जन्म दिनको अवसरमा बीमा पोलिसी उपहार दिन पाउदाँ धेरै खुशी भएको ताराले बताइन् । जेइसाको उच्च शिक्षा खर्च व्यवस्थापनको लागि यस बीमा पोलीसीले सहयोग पुग्ने नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नारायणगढ शाखाका प्रबन्धक राजु शाहले जनाए ।

बीमा सचेतना बढ्दै गएको बेला फजुल खर्च कटौती गरी जन्म दिनमा थोरै रमक बचतको सुरुवातले उच्च शिक्षामा ठुलो योगदान पुर्याउनुको साथै जोखिम बहन समेत हुने बीमा एड्भाइजर सन्तोषी उप्रेतीले बताइन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*