लघु निर्जीवन बीमा कम्पनीहरुले साउनमा भित्र्याए ५ करोड १६ लाख रुपैयाँ व्यवसाय, कुनले कति ? (सूची सहित)

१६ भाद्र २०८१, आईतवार १७:५४

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनाको पहिलो वित्तिय विवरण सार्वजनिक गरेका छन् । लघुबबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा ५ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

हाल संचालनमा रहेका चार लघु निर्जीवन बीमा कम्पनीहरुले साउनमा मात्रै ५ करोड १६ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार पहिलो महिनामा नेपाल माइक्रा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी बन्न सफल भएको छ। कम्पनीलेृ यस अवधिमा १ करोड ३८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो रहेको छ। कम्पनीले पहिलो महिनामा १ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

तेस्रोमा ट्रस्ट माइक्रो इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४ हजार ३६१ बीमालेख जारी गर्दै १ करोड २२ लाख ८७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

चौथौमा स्टार माइक्रो इन्स्योरेन्स रहेको छ। कमपनीmे यस अवधिमा १ करोड १८ लाख २रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*