१४ निर्जीवन बीमा कम्पनीहरुको पहिलो महिनाको व्यापार ४ अर्बमाथि, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

१६ भाद्र २०८१, आईतवार १७:३५

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आर्थिक बर्षको पहिलो साउन महिनामा ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले साउन महिनामा ६३ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले साउन महिनामा ४५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

तेस्रोमा शिखर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले साउन महिनामा ३६ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

बीमा प्राधिकरणको तथ्यांक अनुसार हिमालयन एभरेष्टले ३२ करोड ६० लाख, नेको इन्स्योरेन्सले ३१ करोड ८८ लाख रुपैयाँ,आइजिआई प्रुडेन्सियलले ३० करोड ६२ लाख, ओरिएण्टल इन्स्योरेन्सले २९ करोड १० लाख,नेपाल इन्स्योरेन्सले २८ करोड ८६ लाख, सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनीले २५ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफm भएका छन् ।

त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले २५ करोड ४१ लाख, एनएलजी इन्स्योरेन्सले २४ करोड ९८ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले २२ करोड ७६ लाख सानिमा जिआइसी इन्स्योरेन्सले १८ करोड ३९ लाख र प्रभु इन्स्योरेन्सले १० करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*