लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तीनदिने ‘एनुअल सेल्स मिट’सम्पन्न

१६ भाद्र २०८१, आईतवार १७:०२

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले तीनदिने ‘एनुअल सेल्स मिट’ चितवनको सौराहास्थित जंगल क्राउन रिसोर्टमा सम्पन्न भएको छ ।

तीन दिने एनुअल सेल्स मिटमा कम्पनीका वरिष्ठ पदाधिकारी, प्रादेशिक प्रमुख, नेपाल अधिराज्य भरिका शाखा र उपशाखा प्रमुखहरु तथा कम्पनीका फिल्ड एसोसिएट्स, एजेन्सी मेनेजर र चिफ एजेन्सी मेनेजरहरुको उपस्थिति रहेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवद्वारा कम्पनीको विस्तार, आक्रमक बजार विस्तार, नीति तथा नियम कानुनको परिपालना गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

तीन दिने गत आर्थिक वर्ष २०८०।८१ को समीक्षा तथा आर्थिक वर्ष २०८१।८२ को बजेटका बारेमा छलफल गरिएको थियो। आर्थिक वर्ष २०८०।८१ मा शाखा, उपशाखा तथा अभिकर्ताले हासिल गरेको उपलब्धिका लागि अवार्डसमेत वितरण गरिएको थियो।

कार्यक्रममा एनुअल सेल्स मिटमा कम्पनीका वरिष्ठ पदाधिकारीद्वारा जोखिमांकन, कम्पनीले गर्ने कार्यको विस्तृत विवरण तथा सम्पति शुद्धीकरण निवारण तथा परिपालना (एएमएल÷सीएफटी) सम्बन्धी तालिमसमेत दिइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*