धितोपत्र बोर्डमा २२ कम्पनी हकप्रद सेयर स्वीकृतीको पखाईमा, आठ बीमा कम्पनी सहित हाईड्रोपावरहरु धेरै

१६ भाद्र २०८१, आईतवार १६:३०

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न समयदेखि २२ कम्पनी हकप्रद सेयर जारी गर्ने अनुमति मात्रै पुगेका छन्।

२२ मध्ये आठ वटा बीमा क्षेत्रका कम्पनीहरू रहेका छन्। बाँकी जलविद्युत कम्पनी छन्। यी कम्पनीहले १७ देखि शत प्रतिशतसम्म हकप्रद दिने प्रस्ताव गरेका हुन्। खानी खोला, तह्रथुम पावर, बलेफी हाइड्रो, बाराही हाइड्रो, दोर्दी खोला जलविद्युत, राप्ति हाइड्रो, रिभर फल्स, शिवश्री हाइड्रो, बरूण हाइड्रो, ङादी ग्रुप र छ्याङ्दी हाइड्रोपावरले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने भएका हुन्।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले एक बराबर ०।८८४५ अनुपात ९८८ प्रतिशत०, एनएलजी इन्स्योरेन्सले १० बराबर ६।६ अनुपात ९६६ प्रतिशत०, जोशी हाइड्रोले एक बराबर ०।६५ अनुपात ९६५ प्रतिशत० हकप्रद जारी गर्नेछ।

प्रभु इन्स्योरेन्स, पिपुल्स पावर, लिबर्टी इनर्जीले एक बराबर ०।५ ९५० प्रतिशत० हकप्रद गारी गर्ने भएको हो ।

त्यस्तै, एसियन लाइफले एक बराबर ०।४२ अनुपात, नेपाल इन्स्योरेन्सले पनि एक बराबर ०।४० को अनुपातमा हकप्रद सेयर गारी गर्ने तयारी गरिरहेको हो।

नेको इन्स्योरेन्सले एक बराबर ०।२५ अनुपातमा, सन नेपाल लाइफले एक बराबर ०।२७ अनुपातमा, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एक बराबर ०।१७ अनुपातमा हकप्रद जारी गर्न धितोपत्र बोर्डको स्वीकृतिको पर्खाइमा छन्।

यी कम्पनीहरूको पाँच अर्ब ३३ करोड रूपैयाँ बराबरको हकप्रद सेयर आउन लागेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*