शेयर बजार ओरालो लाग्ने क्रम रोकिएनः ५३ अंकले घट्यो, कारोबार साढे १० अर्ब मात्रै

१६ भाद्र २०८१, आईतवार १५:११

काठमाडौं । गत साता साता नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ।

गत साता बजारमा भएको तिव्र उतारचढावलाई लिएर आत्तिएका लगानीकर्ताहरुले यो साताको सकारात्मक सुधारको आश पनि निराशामा बदलिदिएको छ।

बजारको गिरावटले गत साता ठूलो रुप लिएका कारण निक्कै आत्तिएका पनि थिए । आज साताको पहिलो दिन नै ५३।६३ अंकको गिरावट आउदा २ हजार ६ सय ९५ दशमलव ९३ को विन्दुमा कायम भएको छ ।

सूचीकृत ३३७ कम्पनीको २ करोड ६२लाख ४६ हजार ४ सय ३५ कित्ता शेयर खरिदबिक्रि हुँदा १० अर्ब ५१ करोडको शेयर कारोबार भएको छ।
आज म्युचुअफ फण्ड बाहेक सबै उपसूचक ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*