रिलायबल नेपाल लाइफद्वारा उत्कृष्ट अभिकर्ता र एजेन्सी मेनेजरलाई सम्मान

१६ भाद्र २०८१, आईतवार १३:०२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान गरेको छ ।

पुनर्बासस्थित होटेल सम्राटमा आईबीआरडी शाखाले एक कार्यक्रमको आयोजना गर्दै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने आफ्ना अभिकर्ता र एजेन्सी मेनेजरहरूलाई सम्मान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सम्मानका साथै आउँदै गरेको पर्व हरितालिका तीजको शुभकामना आदानप्रदान समेत गरिएको कम्पनीले बताएको छ ।

कार्यक्रममा सुदूरपचिम प्रदेश प्रमुख चन्द्र बिस्टले कम्पनी, शाखा र बीमा क्षेत्रको वर्तमान अवस्था र भावी रणनीतिका बारेमा उपस्थित सबैलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा तालिम विभाग प्रमुख युबराज शर्माले कम्पनीको भाबी नीति नियम, नयाँ प्रड्क्ट र मार्केटिङ गर्ने क्रममा आफू कसरी सफल अभिकर्ता बन्ने र बीमाबारे थप विषयमा बृहत जानकारी गराए ।

शाखा प्रमुख शंकर जैशी र सिनियर एजेन्सी म्यानेजर दल बहादुर धामीले पनि आआफ्ना कुरा राखेर थप हौसला र उत्प्रेरणा प्रदान गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*