रिलायबल नेपाल लाइफ आठौं वर्षमा

१६ भाद्र २०८१, आईतवार १२:०६

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड आफ्नो स्थापनाको आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०७४ भदौ १५ गते जीवन बीमा सेवा शुरू गरेको थियो ।

वार्षिकोत्सवलाई लक्षित गरेर कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, वृक्षारोपण, सरसफाई, स्वास्थ्य शिविर सञ्चालन लगायतका कार्यहरू गरेको छ ।

वार्षिकोत्सवमा कम्पनीले बीमित, नियमनकारी निकाय, लगानीकर्ता, कर्मचारी, अभिकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरू प्रति आभार व्यक्त गरेको छ । हालसम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी ऊर्जा प्राप्त भएको र भविष्यमा अझ ठूलो जिम्मेबारी बहन गर्नका लागी थप प्रेरणा प्राप्त हुने अपेक्षा रहेको बताउँदै आगामी दिनहरूमा आफ्नो सेवालाई उच्च प्राथमिकतामा राखि थप ग्राहक मैत्री बनाउने प्रतिबद्धता समेत कम्पनीले जनाएको छ ।

सात वर्षको अवधिमा कम्पनीले चुक्ता पूँजी २ अर्ब रुपैयाँबाट ४ अर्ब ६४ करोड रुपैयाँ पुर्याउन सफल भएको बताएको छ । बीमा प्राधिकरणको निर्देशन बमोजिम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुर्याउन अघिल्लो वर्ष प्रिमियम मूल्यमा आईपीओ समेत निष्काशन गरेको थियो । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीका कर्मचारी तथा एडभाइजरहरू समेतको उल्लेख्य सहभागितमा केन्द्रीय कार्यालयमा बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी सातौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*