प्रभु महालक्ष्मी मधेश प्रदेशद्वारा सम्मान सहित प्रमाणपत्र वितरण
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मधेश प्रदेशले उत्कृष्ट व्यवसाय गर्ने लिडरहरूलाई सम्मान सहित प्रमाणपत्र वितरण गरेको छ ।
प्रदेशमा उत्कृष्ट सेल्फ बिजनेश र उत्कृष्ट ग्रूप बिजनेश गरेकाहरूलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मानका साथ प्रमाणपत्र वितरण गरेको कम्पनीले जनाएको छ । उनीहरूलाई कम्पनीको प्रधान कार्यालयका तालिम विभाग प्रमुख योगेन्द्र खतिवडा र प्रदेश प्रमुख सुदिस्ट गुप्ताका साथै शाखा तथा उपशाखा प्रमुखहरूले संयुक्त रूपमा प्रमाणपत्र वितरण गरेका हुन् ।
कम्पनीले उनीहरूलाई थप उत्प्रेरणा र हौसला प्रदान गर्ने लक्ष्यले सम्मान गरेको बताएको छ ।
साथै कम्पनीले महिलाहरूलाई लक्षित गरेर आउँदै गरेको हरितालिका तीजको शुभकामना आदानप्रदान कार्यक्र पनि गरेको छ । यस प्रकारको कार्यक्रमले कर्मचारी तथा अभिकर्तामा आपसी सद्भाव र भाईचारा बढ्ने कम्पनीले जनाएको छ ।
कार्यक्रमको सञ्चालन निजगढ शाखा प्रमुख अमृता कुमारी बस्नेतले गरेकी हुन् । कार्यक्रममा कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेका थियो ।