सानिमा रिलायन्स लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाइँने

१६ भाद्र २०८१, आईतवार ०९:०३

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले बीमाङ्कीय मूल्याङ्कनका आधारमा आर्थिक वर्ष २०७९।८० का लागि बोनसदर सार्वजनिक गरेको हो ।

कम्पनीले सावधिक जीवन बीमा योजना (रेगुलर)मा बीमा अवधि अनुसार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर तोकेको छ । सावधिक जीवन बीमा योजना (एकल)मा बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै त्रिपल सावधिक बीमा योजना र दम्पति सावधिक बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म बोनसदर दिने घोषणा गरेको छ ।

यता कम्पनीको सावधिक तथा आजीवन बीमा योजना खरीद गरेका बीमितले बीमा अवधि अनुसार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस पाउने भएका छन् । कम्पनीले अग्रिम भुक्तानी योजनामा न्यूनतम ३२ रुपैयाँदेखि ४२ रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै बार्षिक अग्रिम भुक्तानी योजनामा न्यूनतम १९ रुपैयाँ र अधिकतम २१ रुपैयाँ बोनस दिनेछ भने मुद्दति सुरक्षण बीमा योजना–नियमित शुल्कका सबै बीमा योजनामा २४ रुपैयाँ र एकल शुल्कका सबै बीमा योजनामा ५४ रुपैयाँ बोनस दिनेछ ।

कम्पनीले १५ वर्षे अग्रिम भुक्तानी योजनाका सम्पूर्ण बीमा अवधिमा ४१ रुपैयाँ, २० वर्षे अग्रिम भुक्तानी योजनाका सबै बीमा अवधिमा ४५ रुपैयाँ, रूपान्तरीत वार्षिक अग्रिम भुक्तानी योजनाका सबै अवधिमा ३० रुपैयाँ र सामूहिक सावधिक बीमा योजनाका सबै अवधिमा समान १९ रुपैयाँ बोनस दिने भएको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म, सावधिक बीमा योजनामा अवधिअनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ र सिमित भुक्तानी सावधिकमा बीमा अवधिअनुसार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ६५ रुपैयाँसम्म बोनसदर दिने भएको छ ।

उक्त बोनसदिर मृत्यु दाबी, समर्पण दाबी, चुक्ता मूल्य दाबी, अवधि भुक्तानी र चालु बीमालेखहरूमा लागू हुने कम्पनीले बताएको छ । साथै अर्काे बीमाङ्कीय मूल्याङ्कन अुनसार नेपाल बीमा प्राधिकरणबाट अर्काे व्यवस्था गर्न स्वीकृती नभएसम्म सोही बोनसदर लागू हुने कम्पनीले स्पष्ट पारेको छ ।

One thought on “सानिमा रिलायन्स लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनस पाइँने

  1. Sumrit yadav says:

    I am interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*