१४ निर्जीवन बीमा कम्पनीमध्ये १० को घट्यो दाबी भुक्तानीः १७ अर्ब बीमितलाई भुक्तानी, कुन कम्पनीको कति ?

१८ भाद्र २०८१, मंगलवार ०७:०८

काठमाडौं १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष १७ अर्ब १८ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । यद्यपि यो अघिल्लो वर्षको तुलनामा ८.६४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीहरूले १८ अर्ब ७९ करोड रुपैयाँ बढीको दाबी भुक्तानी गरेका थिए ।

गत वर्ष सलिकोले सर्वाधिक बीमा दाबी भुक्तानी गरेको छ । गत वर्ष कम्पनीले रू. २ अर्ब ८३ करोड बढीको दाबी भुक्तानी गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्सले रू. दुई अर्ब २४ करोड बढीको दाबी भुक्तानी दिएको छ । त्यस्तै सिद्धार्थ प्रिमियरले रू. २ अर्ब १४ करोडको दाबी भुक्तानी दिँदा आईजीआई प्रुडेन्सियलले रू. १ अर्ब ६९ करोडको दाबी भुक्तानी गरेको छ ।

यता एनएलजी इन्स्योरेन्सले रू. १ अर्ब ५९ करोड, यूनाईटेड अजोडले रू. १ अर्ब ४९ करोड, नेकोले रू. १ अर्ब ३ करोड, सानिमा जिआईसीले रू. ९० करोड र दि ओरियन्टलले रू. ८० करोड माथिको दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी हिमालयन एभरेष्टले रू. ७४ करोड, नेशनल इन्स्योरेन्सले रू. ५५ करोड, नेपाल इन्स्योरेन्सले रू. ५३ करोड, प्रभु इन्स्योरेन्सले रू. ४३ करोड र राष्ट्रिय बीमा कम्पनीले रू. १६ करोड माथिको दाबी भुक्तानी गरेका छन् ।

प्रतिशतका आधारमा हेर्दा गत वर्ष ४ वटा कम्पनीको कुल दाबी भुक्तानी वृद्धि भएको छ भने बाँकी १० वटा कम्पनीको कुल दाबी भुक्तानी घटेको छ । गत वर्ष यूनाइटेड अजोडको सर्वाधिक ७७.६३ प्रतिशतले दाबी भुक्तानी बढेको छ ।

आईजीआई प्रुडेन्सियलको ६७.९८ प्रतिशत, हिमालयन एभरेष्टको २२.३३ प्रतिशत र सलिकोको १८.७१ प्रतिशतले दाबी भुक्तानी बढेको छ ।

यसको विपरीत नेशनल इन्स्योरेन्सको सर्वाधिक ३९.०७ प्रतिशतले दाबी भुक्तानी घटेको छ । नेको इन्स्योरेन्सको ३७.५८ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३१.५६ प्रतिशत, नेपाल इन्स्योरेन्सको २८.७८ प्रतिशत र सिद्धार्थ प्रिमियरको २८.७५ प्रतिशतले दाबी भुक्तानी घटेको छ ।

त्यसैगरी एनएलजीको २७.०२ प्रतिशत, दि ओरियन्टलको १६.६६ प्रतिशत, शिखर इन्स्योरेन्सको १५.९३ प्रतिशत, सानिमा जीआईसीको ८.९३ प्रतिशत र राष्ट्रिय बीमा कम्पनीको ७.५७ प्रतिशतले दाबी भुक्तानी घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*