सहकारीमा १० वर्ष जागिर खाएपछि बीमा क्षेत्रमा उदाएकी सिटिजन लाइफकी गायत्री देविको सफलता

‘सहकारीको जागिर खाइरहँदा नपाएको खुशी भेटे’
राजन कठायत 
३१ श्रावण २०८१, बिहीबार १३:३४

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीको एक नियम हो । जुन सुकै कामको थालनी गर्दा मानिस डराउँनु स्वभाविक नै हो । करिव ५ वर्षअघि सहकारीमा राम्रो कमाई गरिरहेकी गायत्री देवि चौलागाईलाई बीमा अभिकर्ता बन्दा हजारौ डरका प्रश्नहरुले मनमा घर बनाएका थिए ।

जिन्दगीका हजारौ बाधा, अड्चनलाई आत्मसाथ गर्दै यति बेला सिटिजन लाइफ इन्स्योरेन्सकी अभिकर्ता गायत्री देवि चौलागाईले सरल राजमार्गमा आफ्ना पाइला चलाइरहेकी छिन् । बीमा अभिकर्ता पेशा अंगाल्न जति सहज र सजिलो रहेको छ, यसमा व्यवसायिक सफलता प्राप्त गर्न निकै अप्ठ्यारो छ । यस्ता अप्ठ्यारालाई सहजतामा प्रवेश गर्न सिटिजन लाइफले चौलागाईलाई निकै सहयोग गरेको छ ।

मधेश प्रदेशको महोत्तरी जिल्लामा स्थायी बसोबास गर्दै आएकी गायत्री देवि चौलागाई अहिले सिटिजन लाइफ इन्स्योरेन्सको बर्दिबास शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा आवद्ध छिन् । सूरुवाती समयदेखि नै वित्तीय क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेकी चौलागाईले अभिकर्ता पेशामा पनि आफुलाई सफल र क्षमतावान नारीको रुपमा स्थापित गरेकी छिन् ।

गाउँकै विद्यालयबाट अध्ययन गरेकी उनी २०६८ सालदेखि सहकारीमा कार्यरत रहेकी थिइन् । गाउँका हजारौ सदस्यहरुलाई सहकारीबाट कर्जा दिएर व्यवसायी बनाएकी उनको आम नागरिकबीच सफा र राम्रो छबि रहेको थियो र, छ ।

विस्तारै दिनहरु बित्दै गए महोत्तरी जिल्लामा बीमा व्यवसाय गर्ने मानिसहरुको पनि चहलपहल बढ्दै गयो । सोही क्रममा आज भन्दा करिव ५ वर्ष अगाडी सरोज दाहाल सरले आवश्यक कागजात मिलाएर सिटिजन लाइफबाट चौलागाईको अभिकर्ता कोड निकाल्दिन्छन् । ‘सुरुमा मलाई त बीमाको बारेमा त्यति धेरै ज्ञान थिएन् । सहकारीमा काम गर्ने भएकाले गर्दा गाउँघरमा राम्रो छबि थियो ।’ उनले भनिन्, ‘करिव ५ वर्ष अगाडी २०७६ सालमा मेरा सरोज दाहाल सरले सबै कागजात लगेर अभिकर्ता कोड निकालिदिनु भयो । अनि मेरो बीमा क्षेत्रमा नयाँ यात्रा तय भएको थियो।’

घर परिवारको राम्रो साथ र सहयोग पाएकी चौलागाईले सुरुमा बीमा गराउँने प्रक्रिया समेत थाहाँ नहुदा पोलिसी नै नकाटेको तितो अनुभव सुनाइन् । आफ्नो सहकारीको काम र बीमा व्यवसायलाई साथैमा अगाडी बढाउँन सकिन्छ भन्ने कुरा पनि पछि थाहाँ नपाएको बताउछिन् उनी ।

२०६८ सालदेखि सहकारीमा निरन्तर काम गर्दै आएकी उनी आफ्नो स्वास्थ्यमा केही समस्या आएपछि २०७७ सालमा सहकारीको काम छोडेर २०७८ सालतिर राजधानी काठमाडौँ आउछिन् । आफ्ना छोराछोरीहरुको उच्च शिक्षा र आफु विरामी भएपछि दुई वर्ष अवधि काठमाडौंमा नै आफ्नो दिन चर्या बिताउछिन् ।

काठमाडौं बसाईले उनलाई धेरै कुराहरुको वृद्धि विकास गर्न सहयोग गर्दछ । सिटिजन लाइफ इन्स्योरेन्सले विभिन्न समयमा आयोजना गरेका अभिकर्ता तालिमहरुमा सहभागि हुन्छिन् उनी । आफ्ना मनमा लागेर बीमाबारे नबुझेका धेरै प्रश्नहरुको उत्तर पाउछिन् । सबैै कुराहरुलाई मनन् गरेर काठमाडौंको बसाईलाई बिट मार्दै फेरी आफ्नै जन्म तथा कर्मथलो महोत्तरी गएको कुरा सुनाउछिन् ।

महोत्तरी आएपश्चात ब्रान्च म्यानेजर रोहित भट्टराईलाई निरन्तर फलो गरेर  काम गर्न सहज भएपश्चात आफ्नै परिवारबाट नै बीमा पोलिसी काटेर चौलागाईले बीमा व्यवसायको थालनी गरिन् । ‘म काठमाडौंबाट घर आएर बीमा अभिकर्ता पेशालाई नै आत्मसाथ गरेर अगाडी बढ्ने अठोट बनाएको थिए।’ उनी भन्छिन्, ‘गाउँमा अभिकर्ताहरुको धेरै प्रतिस्प्रर्धा रहेको छ । विभिन्न लोभ–लालच दिएर पनि बीमा गराउँने र पछि बीमितहरुलाई धोका दिने गरेका घटनाले गर्दा बीमा प्रस्ताव गर्नै अप्ठ्यारो हुन्थ्यो।’

केही गलत नियत भएका अभिकर्ताहरुका कारण आफुहरु जस्ता नयाँ अभिकर्ताहरुलाई बजारमा बीमा पोलिसी बिक्री गर्न केही असहज परिस्थिती रहेको उनको बुझाई छ । उनी भन्छिन्, ‘मैले बीमाबारे धेरै अध्ययन गरे । अनि मानिसहरुसँग उनीहरुलाई सहज हुने समयमा भेटघाट गदर्थे । पहिला उनीहरुका सबै कुरा सुने पश्चात मात्र मैले उनीहरुलाई सम्झाएर गलत धारणा चिरेर बीमा गर्ने गरेको छु।’ वार्षिक उनले २५ देखि ३० जना मानिसहरुको बीमा गर्दै आएकी छिन् ।

मानिसहरुले विभिन्न बीमा कम्पनीबाट आफुहरु ठगिएको गुनासो उनलाई गर्दथे । उनले पनि राम्रोसँग कुरा सुनेर ठगिएका बीमितहरुले गरेका गल्तीलाई सुधार गरेपश्चात कहिल्यै पनि बीमा कम्पनीहरुले ठग्ने नगरेको सम्झाई बीमा गर्ने गरेको अनुभव बीमापोष्टसँग सुनाउँछिन् ।

नागरिकहरुले बीमा कम्पनी हेरेर भन्दा पनि अभिकर्ताहरुको स्वभाव, इमान्दारीता, बानी व्यहोरा र गाउँ घरमा उनीहरुको स्थापित छबिलाई हेरेर बीमा गर्ने गरेको उनको बुझाइ छ । नागरिकहरुका कुराहरुलाई सुनेर अभिकर्ता चौलागाईले आफ्नो बर्दिबास शाखा कार्यालयमा नै लगेर शाखा प्रबन्धकसँग समेत चिनजान गराएर उनीहरुलाई झन बढी विश्वास दिलाई बीमा व्यवसाय गर्ने गरेको सुनाउछिन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई धरै प्राथमिकतामा राखेर विभिन्न उत्प्रेरणामुलक तालिम तथा विभिन्न भ्रमण योजना समेत ल्याएको कारण कम्पनीप्रति आफु खुशी रहेको धारणा दिएकी छिन् । अभिकर्ता पेशा आम नागरिकहरुले सोचेको भन्दा निकै फरक रहेको उनको अनुभव छ ।

सिटिजन लाइफमा प्रवेश गरेसँगै चौलागाईको जीवनमा आमुल परिवर्तन आएको छ । सूूरुमा मानिसहरुसँग कुरा गर्दा समेत डराउने गायत्री अभिकर्ता बनेसँगै आत्मविश्वास र कार्यशैलीमा समेत सुधार आएको छ । बीमा व्यवसायमा रहेको अस्वस्थ्य प्रतिस्प्रर्धासँग जुध्दै उनले महोत्तरीका सयौं नागरिकहरुको बीमा गरेर जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सफल भएकीछिन् ।

करिब १३ वर्षको अवधिमा वित्तीय क्षेत्रमा बिताएकी गायत्रीले चलाएको बीमा अभियानले बीमा गरेर जीवन रक्षावरण गर्न चाहने बीमितलाई त राहत मिलेकै छ । त्यसबाहेक कमजोर आर्थिक अवस्था भएका घरपरिवारका वस्तीमा पनि उनले चलाएको बीमा अभियानले बीमा सचेतना अभियान समेत विस्तार भएको छ ।

आम नागरिकको सेवा गरी बीमा सचेतना बढाउने र भविष्यमा बीमाको क्षेत्रको फराकिलो दायरा वृद्धि गर्दै अगाडि बढ्ने प्रतिवद्धता र आत्मविश्वास बढेको बताउँछिन् गायत्री ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*