साताको शेयर कारोबार कस्तो रह्यो ?
काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको छ । यो साता बजार २ हजार ७९४।५७ विन्दुमा बन्द भएको छ । ।
यो साताको शेयर बजारमा चार दिन कारोबार भएको छ । तीन दिन बजार घटेको छ भने एक दिन मात्र बजार बढेको छ ।
यो साता बजारमा २२४।८९ अंकले घटेको छ भने अघिल्लो साता चाहिं बजार २६।३५ अंकले बढेको थियो । यो साता कुल ६४।३६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै अघिल्लो साता भने ६६।९० अर्ब रुपैयाँ राबरको कारोबार भएको थियो ।
यो साता बजार पूँजीकरण ४३।६६ खर्ब रुपैयाँमा आइपुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ४७।२४ खर्ब रुपैयाँ थियो । यो साता नेप्से र कारोबार दुबै घट्दा बजार पूँजीकरण पनि ३।५८ खर्बले घटेको छ ।
यो साता बजारमा भएको तिव्र उतारचढावका कारण लगानीकर्ता अन्यौलमा परेका थिए । बजारको गिरावटले यो साता ठूलो रुप लिएका कारण निक्कै आत्तिएका पनि थिए ।
साताकोनेप्सेका अनुसार पहिलो दिन आइतबार नै बजार ७९।८८ अंकले घट्यो भने दोस्रो कारोबार दिन मंगलबार पनि बजार १११।९६ अंकले घट्न पुग्यो । तेस्रो कारोबार दिन बुधबार बजार जम्मा ३।८ अंकले मात्रै बढ्न पुग्यो । अन्तिम कारोबार दिन बिहीबार पनि बजार ३६।८३ अंकले घट्यो
यो साता उच्च कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स छ । उक्त कम्पनीको २ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसपद्धि अपी पावर, नेपाल फाइनान्स, अरुणभ्याली हाइड्रोपावर, शिवम् सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, साइन रेसुङ्गा विकास बैंक, एचआईडीसीएल, गुडविल फाइनान्स छन् ।
यो साता वित्त उपसमूह १०।४ र बैंकिङ उपसमूह ८।९ प्रतिशतले घटेका छन्। बजार बढ्दो क्रममा रहँदा वित्त उपसमूह बेस्सरी बढेको थियो । तर अहिले आएर वित्त उपसमूहमा रहेका ती कम्पनीको शेयरमूल्य उच्च दरमा घटिरहेको छ । वित्त कम्पनीको शेयरमूल्य बेस्सरी बढ्दा संसदमा पनि कुरा उठेको थियो ।सांसदहरुले वित्त कम्पनीको शेयरमूल्य जानाजान उचालिएको भन्दै आलोचना गरेका थिए ।