नेपालमा स्वीकृतिको एक तिहाइ पनि आउँदैन प्रत्यक्ष वैदेशिक लगानी
काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको छ । तर, पछिल्ला वर्षहरूमा खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ ।
नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सर्वेक्षण प्रतिवेदन २०७९र८०’ सार्वजनिक गर्दै नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात करिब ३ खर्ब पुग्न लागेको उल्लेख गरेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पूँजीको अंश ५२।८ प्रतिशत, सञ्चिति ३३।७ र कर्जाको अंश १३।५ प्रतिशत छ ।
आर्थिक वर्ष ९आव० २०७९र८० मा कुल प्रत्यक्ष वैदेशिक लगानी ११।८ प्रतिशतले वृद्धि भएर २ खर्ब ९५ अर्ब ५० करोड पुगेको केन्द्रीय बैंकको सर्वेक्षणमा उल्लेख छ । उक्त आव खुद प्रत्यक्ष वैदेशिक लगानी भने ६ अर्ब मात्रै आएको सर्वेक्षणमा उल्लेख छ ।
उक्त वर्ष नेपालमात्र नभएर दक्षिण एसियामा नै खुद प्रत्यक्ष वैदेशिक लगानीमा भारित गिरावट देखिएको छ । सन् २०२३ मा विश्वमा १३ खर्ब ३१ अर्ब ८० करोड अमेरिकी डलर बराबर प्रत्यक्ष वैदेशिक लगानी भएको थियो । जसमध्ये दक्षिण एसियामा ३६ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी आएको छ । जुन २०२२ को तुलनामा ३७।५ प्रतिशत कम हो । २०२२ मा ५७ अर्ब ५० करोड डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियामा आएको थियो ।
कोभिडबीच २०२० मा ७१ अर्ब डलर प्रत्यक्ष वैदेशिक लगानी दक्षिण एसियाली देशमा आएको थियो । २०२१ मा घटेर ५२ अर्ब ७० करोड डलरमा झरेको थियो ।
केन्द्रीय बैंकले गरेको सर्वेक्षणले नेपालमा स्वीकृत भएकामध्ये ३५ प्रतिशत मात्रै प्रत्यक्ष वैदेशिक लगानी आउने गरेको देखिन्छ । सन् १९९५र९६ देखि २०२२र२३ सम्मको तथ्यांकले स्वीकृत भएको ३५ प्रतिशत मात्रै वास्तविक प्रत्यक्ष वैदेशिक लगानी प्राप्त हुने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।स्वीकृतीको एकतिहाई प्रत्यक्ष वैदेशिक लगानी नेपालमा नआउने तथ्यांकले देखाएकोछ ।
नेपालमा पछिल्लो पाँच वर्षको खुद प्रत्यक्ष वैदेशिक लगानी तथ्यांक हेर्दा पनि पछिल्लो दुई वर्षयता घटेको देखिन्छ । गत आव करिब ८ अर्ब बराबर खुद प्रत्यक्ष वैदेशिक लगानी आएको तथ्यांक केन्द्रीय बैंकले सार्वजनिक गरिसकेको छ ।
केन्द्रीय बैंकको २०७९र८० को सर्वेक्षण अनुसार ६ अर्ब खुद प्रत्यक्ष वैदेशिक लगानी आएको थियो । २०७८र७९ मा १८ अर्ब ६० करोड, २०७७र७८ मा १९ अर्ब ५० करोड, २०७६र७७ मा १९ अर्ब ५० करोड र २०७५र७६ मा १३ अर्ब १० करोड प्रत्यक्ष वैदेशिक लगानी आएको थियो ।