बीमा कम्पनीको व्यवस्थापन खर्च १५ प्रतिशत वृद्धि, कुनको कति? (तथ्याङ्क सहित)

१४ भाद्र २०८१, शुक्रबार १४:०१

काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरू र १४ वटा निर्जीवन बीमा कम्पनीहरूको गत आवमा व्यवस्थापन खर्च समग्रमा १५.७४ प्रतिशतले बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको गत आवको चौथौ त्रैमासिक तथ्याङ्कमा अघिल्लो वर्ष १ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँभन्दा बढी व्यवस्थापन खर्च गरेकोमा गत आवमा बढेर २ खर्ब ५ अर्ब ७ करोड रुपैयाँ पुगेको देखिएको हो ।

तथ्याङ्कमा गत आव जीवन बीमा कम्पनीहरूको व्यवस्थापन खर्च १५.३९ प्रतिशतले बढेको देखिएको छ । अघिल्लो वर्ष १ खर्ब ६२ अर्ब ३६ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको जीवन बीमा कम्पनीहरूले गत वर्ष १ खर्ब ८७ अर्ब ३५ करोड रुपैयाँ खर्चिएका हुन् ।

गत वर्ष नेपाल इन्स्योरेन्सले सर्वाधिक ५५ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी व्यवस्थापन खर्च गरेको छ भने दोस्रोमा एलआईसी नेपालले २७ अर्ब ४३ करोड रुपैयाँ बढी खर्चिएको छ । नेशनल लाइफले २४ अर्ब ३४ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमाले १३ अर्ब ७२ करोड रुपैयाँ, सूर्यज्योतिले १२ अर्ब २६ करोड रुपैयाँ र एशियन लाइफले ११ अर्ब २५ करोड रुपैयाँ बढी खर्चिएको छ ।

यता मेट लाइफले ७ अर्ब ४२ करोड रुपैयाँ, सिटिजनले ७ अर्ब २१ करोड रुपैयाँ, सानिमा रिलायन्सले ७ अर्ब १८ करोड रुपैयाँ, आइएमईले ५ अर्ब ३९ करोड रुपैयाँ, रिलायबल नेपालले ५ अर्ब २९ करोड रुपैयाँ, प्रभु महालक्ष्मीले ५ अर्ब २१ करोड रुपैयाँ, सन नेपालले ३ अर्ब ८७ करोड रुपैयाँ र हिमालयन लाइफले १ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी व्यवस्थापनमा खर्चिएका छन् ।

वृद्धि प्रतिशतका आधारमा प्रभु महालक्ष्मीको सर्वाधिक १२६.४२ प्रतिशत र दोस्रोमा सानिमा रिलायन्सको ८०.०५ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ । सूर्यज्योतिको २८.२३ प्रतिशत, रिलायबल नेपाललको १६.६९ प्रतिशत, आईएमईको १६.२२ प्रतिशत र एशियन लाइफको १४.४४ प्रतिशतले व्यवस्थापन खर्च वृद्धि भएको छ ।

त्यस्तै नेशनल लाइफको १३.६६ प्रतिशत, मेट लाइफको १३.०९ प्रतिशत, सन नेपालको १२.४७ प्रतिशत, नेपाल लाइफको ११.५८ प्रतिशत, सिटिजनको १०.१६ प्रतिशत, एलआईसी नेपालको ७.३२ प्रतिशत र राष्ट्रिय जीवन बीमाको ६.१६ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ भने हिमालयन लाइफको २.१९ प्रतिशतले घटेको छ ।

निर्जीवन बीमा कम्पनीहरूको पनि गत वर्ष १९.५५ प्रतिशतले व्यवस्थापन खर्च वृद्धि भएको छ । अघिल्लो वर्ष १४ अर्ब ८२ करोड रुपैयाँबढी व्यवस्थापनमा खर्चिएका कम्पनीहरूले गत वर्ष १७ अर्ब ७२ करोडभन्दा बढी रुपैयाँ खर्चिएका छन् ।

गत वर्ष सलिकोले सर्वाधिक २ अर्ब १० करोड रुपैयाँ बढी र दोस्रोमा सिद्धार्थ प्रिमियरले २ अर्ब रुपैयाँ व्यवस्थापनमा खर्चिएका छन् । नेकोले १ अर्ब ५२ करोड रुपैयाँ, आईजीआई प्रुडेन्सियलले १ अर्ब ४९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले १ अर्ब ४७ करोड रुपैयाँ र युनाइटेड अजोडले १ अर्ब ३३ करोड रुपैयाँ बढी व्यवस्थापन खर्च गरेका छन् ।

यता दि ओरिएन्टलले १ अर्ब १ करोड रुपैयाँ, सानिमा जीआईसीले १ अर्ब रुपैयाँ, एनएजली इन्स्योरेन्सले ९६ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ९० करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले ८६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले ७१ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४५ करोड रुपैयाँ व्यवस्थापनका लागि खर्च गरेका छन् ।

वृद्धि प्रतिशतका आधारमा आईजीआई प्रुडेन्सियलको सर्वाधिक ६४.४३ प्रतिशतले बढेको छ भने दोस्रोमा युनाइटे अजोडको ५५.३० प्रतिशत र तेस्रोमा सिद्धार्थ प्रिमियरको ५१.८६ प्रतिशतले बढेको छ । हिमालयन एभरेष्टको ३७.४४ प्रतिशत, दि ओरिएन्टलको २८.८८ प्रतिशत र सानिमा जीआईसीको २२.१९ प्रतिशतले व्यवस्थापन खर्च वृद्धि भएका छन् ।

त्यसैगरी प्रभु इन्स्योरेन्सको २१.७५ प्रतिशत, नेपाल इन्स्योरेन्सको २१.५७ प्रतिशत, नेशनल इन्स्योरेन्सको २१.१३ प्रतिशत, सलिकोको १०.२१ प्रतिशतले व्यवस्थापन खर्च बढेको छ । यता चार वटा कम्पनीहरू शिखरको ४.७४ प्रतिशत, नेकोको ५.५३ प्रतिशत, राष्ट्रिय बीमाको ६.०५ प्रतिशत र एनएजली इन्स्योरेन्सको ७.५३ प्रतिशतले व्यवस्थापन खर्च घटेको छ ।

बीमा कम्पनीका शाखा कार्यालय थपिँदा कर्मचारीको तलब भत्ता, अभिकर्ताले पाउने इन्सेन्टिभ र विज्ञापन खर्च लगायतका शीर्षकमा हुने खर्च वृद्धि हुँदा व्यवस्थापन खर्च समेत बढ्न गएको हो ।

व्यवस्थापन खर्च अन्तर्गत कर्मचारीको तलब भत्ता, अभिकर्ताले पाउने इन्सेन्टिभ, मिडिया एवं ब्राण्डिङमा विज्ञापन खर्च, कम्पनीको केन्द्रीय तथा शाखा कार्यालयको घरभाडा लगायत कम्पनीका प्रत्यक्ष खर्चहरू समावेश गरिएको हुन्छ । तर व्यवस्थापन खर्च शीर्षकमा अभिकर्ताले पाउने कमिशन तथा बीमितको स्वास्थ्य परीक्षण खर्चलाई भने समावेश गरिएको हुँदैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*