एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, अब लिलाम बिक्री सम्बन्धी सम्पूर्ण विवरण एकै ठाउँमा

१४ भाद्र २०८१, शुक्रबार ०९:५५

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति र धितो सुरक्षण सम्पत्ति समेतको लिलाम बिक्री गर्ने सम्बन्धी अनलाईन पोर्टल सार्वजनिक गरेको छ ।

बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरू सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ । उक्त पोर्टलमा ग्राहकले सहजताका लागि लिलाम बिक्री सम्बन्धी प्रकाशित गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टल https://auctionassistance.nicasiabank.com भित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नम्बर तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू एकै ठाउँबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

पोर्टलमा ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्ति खरीद गर्न वा थप विवरण लिन चाहेमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो विवरण राखी म्यासेज पठाउन सकिने व्यवस्था समेत गरिएको छ ।

बैंकले सञ्चालनमा ल्याएको सो अनलाईन पोर्टलमा बैंकिङ्ग तथा गैर बैंकिङ्ग सम्पत्ति र बैंकमा धितो सुरक्षण रही लिलाम विक्रीमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी सूचनाहरू नियमित रूपमा प्रकाशित गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*