साहस उर्जाको २ करोड ८२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–इन’ एक महिनापछि सकिँदै

१४ भाद्र २०८१, शुक्रबार ०८:३६

काठमाडौं । साहस उर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको ‘लक–इन’ अवधि असोज १६ गतेपछि सकिने भएको छ ।

कम्पनीका संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ३५ लाख कित्ता र कर्मचारीतर्फको २ लाख १० हजार कित्ता शेयर तीन वर्षको ‘लक–इन’ मा थियो ।

कम्पनीले २०७८ असोज १७ गते संस्थापक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरू तथा कम्पनीका कर्मचारीहरूको शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । सर्वसाधारणमा बाँडफाँड भएको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीको शेयर ‘लक–इन’ मा रहने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*