नेरूडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता शेयर बिक्रीमा

१४ भाद्र २०८१, शुक्रबार ०८:१५

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७२ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५ दिनभित्र संस्थापक शेयरधनीले शेयर नकिनेको खण्डमा भने सो शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

शेयर किन्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–८ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*