पाँच लाख ५९ हजारमा खरिद गर्ने सकिने बजाज पल्सर एनएस ४०० जेडमा युवाको आकर्षण

१३ भाद्र २०८१, बिहीबार १८:५५

काठमाडौँ । जारी नाडा अटो शो २०२४ मा दुई पाङ्ग्रे साधनमा युवाहरुको आकर्षण उच्च देखिएको छ । अझ बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेडमा युवा वर्गहरु झुम्मिएका छन् ।

हंसराज हुलासचन्द एण्ड को बिक्रेता रहेको पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। भदौ १६ गतेसम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्नेछ । यसपछि भने उक्त साधनमा मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ ।

बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ ।नाडा अटो सो मा युवाहरुलाई उक्त बाइकलाई समेत बुकिङ गर्ने गरेका छन् ।

१२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*