नेप्सेमा सूचीकृत छ यी कम्पनीहरुसँग सञ्चित बोनस शेयर दिन पाईने शेयर प्रिमियम, कसको क्षमता कति ?

१३ भाद्र २०८१, बिहीबार १८:५१

काठमाडौं । नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीसँग सेयर प्रिमियम रकम रहेको देखिएको छ। गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

सूचीकृत कम्पनीहरुमध्ये सेयर प्रिमियम रकमको आधारमा १२ वटाले मात्रै पाँच प्रतिशतदेखि ५८ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता छ।

कम्पनीहरूले अंकित मूल्य (एक सय रूपैयाँ) भन्दा बढी मूल्यमा प्राथमिक सेयर निस्कासन गर्दा, बिक्री नभएको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्दा र मर्जरमा जाने कुनै कम्पनीको चुक्ता पुँजीको अनुपात घटेमा घटेको बराबरको रकम सेयर प्रिमियमको रूपमा राखिएको हुन्छ।

यस्तो प्रिमियममा राखिएको रकम बोनस सेयर दिन नै प्रयोग हुन्छ। तर, कम्पनीहरू वार्षिक रूपमा नोक्सानमा रहँदा भने लाभांश दिन नपाउने भएकोले यस्तो रकमबाट समेत लाभांश दिने सम्भावना हुँदैन।
गत आर्थिक वर्षमा कम्पनीहरूले यस्तो प्रिमियम रकममा समेत कर तिर्न परेको थियो। कतिपय अवस्थामा नियामकहरूले समेत तत्काल सेयर प्रिमियमबाट लाभांश नदिन कम्पनीहरूलाई निर्देशन दिन सक्छन्।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*