नाडा अटो शोमा ग्राहकको पहिलो नजर ‘स्काइवेल बिई-११’ मा, ३४ गाडि बुकिङ (भिडियोसहित)

१३ भाद्र २०८१, बिहीबार १८:३१

काठमाडौँ । पछिल्लो समय चिनबाट ईभी गाडि भित्रिने लहर नै आइरहेको छ । एकपछि अर्का गर्दै नेपाली अटो बजार चिनिया ईभीले भरिदै गएको हो । ‘नाडा अटो शो २०२४’ पनिमा अधिकांश ईभी गाडिमा नै अवलोकनकर्ताको आकर्षण देखिएको छ । चिनमा उत्कृष्ट कहलिएको ‘स्काइवेल बिई-११’ अहिले नाडा अटो शोमा आउनेहरुको मुख्य नजर पर्ने गरेको छ ।

नेपालमा सबैभन्दा लामो रेन्ज दिने प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नेपाली अटो बजारमा ल्याएको छ । कम्पनीले यो गाडी ४ सय १० किलोमिटर रेन्ज र ५ सय २० किलोमिटर रेन्जमा ल्याएको छ । कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ ।

अवलोकनकर्ताहरूले पनि स्काइवेलका गाडीहरू मन पराएका छन्। स्काइवेलको स्टलमा गाडीको फिचर्स बुझ्ने, टेस्ट ड्राइभ गर्न चाहनेहरूको विशेष उपस्थिति देखिएको छ ।

मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ । नाडा अटो सो अवधि भरी उक्त गाडि बुकिङ गर्नेलाई करिब १ लाखदेखि २ लाखसम्म छुट योजना रहेको छ ।

स्काइवेलका विद्युतीय सवारी जर्मनी, इजरायल, टर्की र रसियालगायत ५८ भन्दा बढी देशमा बिक्री हुँदै आएको ब्रान्ड हो।

नाडा अटो शोको ३ दिनमा ३४ भन्दा बढी गाडि बुकिङ भइसकेका छन् ।

नाडा अटो शोमा जी मोटर्सले स्काइवेलको ‘बीई ११’, २ लाखसम्म छुट पाइने

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*