नाडा अटो शोमा अवलोकनकर्ताको आकर्षण ‘एसआरएम’ मा (भिडियोसहित)
काठमाडौँ । विश्व अटो बजारमा उत्कृष्ट कहलिएको एसआरएम ब्राण्डको गाडि नेपालमा सार्वजनिक भएको छ । भिजि मोटर्सले चिनमा उत्पादित गुणस्तरीय एसआरएम ब्राण्डका भ्यान नेपाल ल्याएको हो ।
अहिले काठमाडौँको भृकुटीमण्डबमा संचालन भइरहेको ‘नाडा अटो शो २०२४’ मा राखिएका एसआरएमका भ्यानमा अवलोकनकर्ताको आकर्षण देखिएको छ । कमर्सियल भ्यानमा अवलोकन गर्ने आउनेको संख्या निकै कम भएपनि एसआरएम ब्राण्ड हेर्ने आउनेहरुको संख्या भने उच्च रहेको छ । अवलोकन गर्ने आउनेहरुले एसआरएमको भ्यानलाई निकै आकर्षकको रुपमा लिएका छन् ।
५ वटा मोडलहरुमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । गाडी खरिद गरेपछि उपभोक्ताले विक्रीपछिको सेवा तथा पार्टपुर्जाको उपलब्धतामा दुःख पाउने सम्भावनालाई पनि मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा, विश्वस्तरीय गुणस्तरमा आफैंले गाडी उत्पादन गर्ने कम्पनी एसआरएमका गाडीहरु नेपालमा भित्र्याएको हो । जसकारण कमर्सियल गाडी खरिद गरेपछि आगामी १५÷२० वर्षसम्म यी कम्पनीहरुले राम्रो सेवा तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने बताइएको छ ।
यो माइक्रो भ्यानमा सिएटीएलले उत्पादन गरेको ४१.८६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री रहेको छ । यसलाई सिंगल चार्जमा ३०० किलोमिटर गुडाउन सकिने कम्पनीको दावी छ ।
एसआरएमका कुन मोडलका मूल्य कति ?
एसआरएम टी –३ पिकअप (रु. ३६ लाख, ४२ किलो वाट/आवर )
एसआरएम २ सिटर कार्गो (रु. ३८ लाख, ४२ किलो वाट/आवर )
एसआरएम ५ सिटर कार्गो (रु. ४० लाख, ४२ किलो वाट/आवर )
एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ किलो वाट/आवर )
एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ किलो वाट/आवर )