गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटना

१३ भाद्र २०८१, बिहीबार १४:४२

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका(५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ ।बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो ।

स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको उकालो सडकमा ब्रेकले काम नगर्दा गाडी पछाडि फर्किएर पर्खालमा ठोक्किएको थियो । चालक विशाल कट्टेल सकुशल रहेको र दुर्घटनाबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै केही भागमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

देशभरका २१ सोरुममार्फत एमजी ब्रान्डका कारहरू बिक्री गरिरहेको पारामाउण्ट मोटर्सका कारहरूको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै, बारम्बार मिसफायरको आवाज आउने, समयमा नै एयरब्याग नखुल्ने र ब्रेक भनेकै समयमा नलाग्नेजस्ता समस्याहरू रहेको प्राविधिक रिपोर्ट उल्लेख छ । प्राविधिकरूपमा देखिएका समस्या समाधान नगरी बिक्रीवितरण गर्न दिँदा यसले आम नागरिकको जिउधनको क्षतिको जोखिम बढाएको छ ।

एमजी गाडीको यो दुर्घटना पहिलो भने होइन । यसअघि यही कम्पनीको गाडी अष्ट्रेलियाको सिड्नीस्थित एयरपोर्टमा पार्किङमा राखेको अवस्थामा अचानक विस्फोट भएपछि अष्ट्रेलियाको सरकारले उक्त कम्पनीको गाडीलाई तत्कालका लागि बिक्रीवितरण गर्न रोक लगाएको थियो । अष्ट्रेलियन सरकारले एमजीको गाडीमा ब्याट्रीको गम्भीर समस्या रहेको भन्दै प्रश्न उठाएको थियो ।

यस्तै एमजीका गाडीहरू छिमेकी देश भारतमा समेत चलिरहेकै बखत, पार्किङमा राखिएको समय र चार्जिङमा राखिएको समयमा बिस्फोट भएसँगै यस गाडीको बिक्री बन्द गर्नुपर्ने आवाज उठाएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*