टानको निर्वाचन प्रक्रियामा धाँधली, ढोका लगाएर मनोनयन दर्ता

१३ भाद्र २०८१, बिहीबार ११:४९

काठमाडौँ । ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ्ग एजेन्सी एसोशियन अफ नेपाल (टान) को नयाँ कार्यसमितिको लागि मनोनयन दर्ता गर्ने क्रममा विवाद उत्पन्न भएको छ । संस्थापन पक्षले आफू एक्लै मनाेनयन गर्न कार्यालयकाे ढाेकामा भित्रबाट ताला लगाएर मनाेनयनकाे प्रयास भईरहेकाे छ ।

काठमाडौको मालिगाँउस्थित टानको कार्यालयमा आज बिहान ११ बजेदेखि सुरु गरिने भनेको मनोनयन दर्ता गर्न पुर्व याेजना बमाेजिम केही सीमित व्यक्तिलाई भित्र राखी ताला लगाएर मनाेनयन गरिएकाे भन्दै सदस्यहरूले विवाद जनाएका छन् ।

उक्त बिवादले ट्रेकिङ व्यवसायीहरु रुष्ट बनेका छन् । सदस्यहरूले टानमा दलाफ र बिचाैलियाले कब्जा गर्न लागेकाे आराेप लगाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*