नाडा अटो शोः कमर्सियल गाडिका स्टलमा शून्य चहल–पहल, हेर्नुहोस् ६ तस्बिर
काठमाडौँ । गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ मा कमर्सियल गाडिमा प्रदर्शनीकर्ताको आकर्षण शून्य देखिएको छ । मंगलबारदेखि सुरु भएको अटो शोमा ग्राहकहरुले कमर्सियल गाडि स्टलको बारेमा बुझ्न समेत नआउने गरेको पाइएको हो ।
पछिल्लो समय कमर्सियल गाडिको व्यापार निरन्तर ओरालो लागि रहेको छ । आर्थिक मन्दिसँगै विकास खर्च, घरायसी निर्माणदेखि ढुवानी व्यापारसम्म प्रभावित भएका कारण कमर्सियल गाडि बिक्री हुन सकेका छैनन् ।
पछिल्लो समय कमर्सियल ईभी गाडि नेपाल आउने गरेको भएपनि व्यापार भने अझै बढ्न सकेको छैन । नाडा अटो शोमा कमर्सियल गाडिका स्टलहरुमा कर्मचारीहरु बाहेक अन्य कुनै ग्राहक र बुझ्न आउनेहरुको संख्या समेत छैन ।
सिप्रदीमा कमर्सियल भेहिकलको बिक्री झण्डै ७० प्रतिशतले ओरालो लागेको छ । यसले कम्पनीलाई थप धरासयी अवस्थामा पुराइ रहेको छ । डल्फिन, कामा र सोकोनको कमर्सियन गाडि बिक्रीमा समेत सुस्तता देखिएको छ ।