बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?

काठमाडौँ । बजाज पल्सरको अहिलेसम्मकै ठुलो बाइक एनएस ४०० जेड नेपाली बजारमा सार्वजनिक भएको छ । बजाजको नेपालको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कोले नाडा अटो शो २०२४ को अवसर पारेर उक्त बाइक सार्वजानिक गरेको हो । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । नाडा अटो सोमा राखिएको उक्त बाइकमा युवाको आकर्षण निकै बढी रहेको थियो । कम्पनी अनुसार युवाहरुको प्रमुख रोजाईमा बजाज पल्सर एनएस ४०० जेड रहेको छ । नाडा अटो सो मा युवाहरुलाई उक्त बाइकलाई समेत बुकिङ गर्ने गरेका छन् । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै, स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ … Continue reading बजाज पल्सर एनएस ४०० जेड नेपालमा सार्वजनिक, कतिमा किन्न सकिन्छ ?