नाडा अटो शो: चिनिया स्तरहीन ईभी गाडिले भरियो, दुई सय तिरेर के हेर्ने ?

१२ भाद्र २०८१, बुधबार १५:५९

काठमाडौँ । हिजो अर्थात् भदौ ११ गतेदेखि सुरु भएको गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ चिनिया थोत्रा  तथा स्तरहीन विद्यूतीय (ईभी) गाडिले भरिएको छ । चिनमा वर्षौ अघि लन्च भइसकेका गाडि भर्खर नेपालमा भित्रिएर अटो शोमा पदर्शनीमा राखिएको हो ।

अटो शो मा २४ वटा ब्राण्डका चार पाङ्ग्रे, १० ब्राण्डका दुई पाङ्ग्रे र १२ ब्राण्डका हल्का गाडी छन् । शो मा राखिएकामध्ये ८० प्रतिशत गाडी विद्यूतीय रहेका छन् ।अटोशोमा गाडि बुकिङ गर्ने ग्राहकलाई छुट समेत रहेको छ । पुराना ग्राहकलाई महङ्गो मूल्यमा भिडाएर अहिले छुट योजना कम्पनीहरुले सार्वजनिक गरि रहेका हुन् ।

अटो शोमा २ सय रुपैयाँ टिकट दिदै आइएको छ । जुन रकम तिरेर कुनै आकर्षक अटो भन्दा पनि तेहि चिनिया ईभी मात्र देखिन सकिन्छ । बाहिरी रुपमा हेर्दा निकै आकर्षण ईभी राखिएका छन् । तर, अन्र्तराष्ट्रिय बजारमा गुणस्तरहीन बनि सकेका गाडिको डम्पिङ साइट नेपाल बन्दै आइरहेको छ ।

नाडा अटो शोमा विभिन्न बैंकले समेत स्टल राखर गाडी किन्ने ग्राहकका लागि सुविधा दिने तयारी गरेका छन् । यसका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य सामग्रीका स्टल पनि रहेका छन् ।

विद्युतीय सवारीसाधनको बजार विस्तार तथा उत्पादनमा चीन आक्रामक रूपले अघि बढेपछि पश्चिमा उत्पादनकर्तालाई कडा प्रतिस्पर्धाको चुनौती आइपरेको छ चीनको आक्रामक उत्पादनका कारण पश्चिमा उत्पादनकर्ताहरुलाई चिनियाँ रणनीति र आगामी चुनौतीबारे सोच्न बाध्य बनाएको छ । चिनियाँ कम्पनी बिवाइडीको हिस्सा १७ प्रतिशत छ भने जिएसी आयोनको ५.२ प्रतिशत, विलिङको ४.९ छ । यता टेस्लाको हिस्सा १९.९ रहँदा फक्सवागनको ४.६ प्रतिशत छ ।

नाडा अटो शोबाट नेपालमा यसपालि ८ नयाँ ब्रान्ड भित्रिएका छन् । नेपालमा पहिलो पटक आएका ब्रान्डमा नामी, जेइकु, एक्सपेङ, अवतार, लिपमोटर, केई, जिकर र बिएडब्लु आएका छन् ।

दिपल ब्रान्डको नयाँ मोडेल ‘दिपल एल०७’ मूल्य नाडामा ६९ लाख ९९ हजार रुपैयाँ छ । दिपल एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री छ । मोटर पावर ९९ किलोवाट छ ।

पन्च ईभी लङ रेन्ज (एलआर) र मिडियम रेन्ज (एमआर) छन् । यो गाडीमा २५ किलोवाट र ३५ किलोवाट आवरका दुई ब्याट्री उपलब्ध छन् । यो गााडीको मूल्य ३३ लाख ९९ हजारदेखि ३८ लाख ९९ हजार तोकिएको छ ।

नामी ‘ई–१’ को २९ लाख ९९ हजार, नामी ‘ई–२’ को ३१ लाख ९९ हजार र नामी ‘ई–३’ को ३४ लाख ९९ हजार मूल्य तोकिएको छ ।

सीजी मोटर्सले नेटा ईभीको नयाँ मोडल ‘नेटा एक्स’ को ५२ किलोवाट आवर र ६२ किलोवाट आवरका दुई ब्याट्री भेरिएन्टमा उपलब्ध गाडीको मोटरपावर १०० किलोवाट छ । नेटा एक्सका दुई भेरिएन्टको मूल्य ५३ लाख र ६३ लाख रुपैयाँ छ ।

प्रिमियम ईभी स्काइवेल भित्र्याएको जी मोटर्सले थप दुई नयाँ गाडी नाडा अटो शोमार्फत ल्याएको छ । स्काइवेलको ई–११ ईभीको दुइटा भेरिएन्ट ल्याएको हो । मोटर्सका अनुसार स्काइवेल ५१.९२ किलोवाट आवर ब्याट्री अप्सन भएको ईभीको मूल्य ७९ लाख ९० हजार र ७१.९८ किलोवाट आवर ब्याट्रीको मूल्य ८९ लाख ९० हजार छ ।

लक्ष्मी मोबिलिटी र जियो अटोमोबाइलले नेपाल ल्याएको ‘ई–क्युट०४’ ह्याचब्याक को मूल्य २४ लाख ९६ हजार र ‘ई–क्युट०२’ को मूल्य भने १९ लाख ९६ हजारबाट सुरु हुन्छ ।

एक्सपेङ मोडेल ‘जी–६’ को ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । एक्सपेङको जी–६ मा ६६ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक छ ।

टु ह्विल ड्राइभ भेरिएन्टको मूल्य ७९ लाख ९९ हजार तोकिएको छ । फोर ह्विल ड्राइभ भर्सनको मूल्य १ करोड ४९ लाख रहेको छ ।

लिप मोटरको ‘सी–१०’ एसयूभीको मूल्य ६७ लाख ९९ हजार पर्छ । यसमा १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स, ४ सय ३५ लिटरको बुट स्पेस र २८२५ एमएम लामो ह्विल बेस दिइएको छ ।

बीएडब्लूको इलेक्ट्रिक उत्पादन ब्रम्बी ह्याचब्याक २१ लाख ९० हजार मूल्य तोकेरको छ । ह्याचब्याकमा १७.२८ किलोवाट आवरको ब्याट्री दिइएको छ ।

बीवाईडीले नयाँ गाडी ‘सिलायन–०७’ लाई समेत राखिएको छ । सिलायन–०७ दुई ब्याट्री अप्सन ७१.८ र ८०.६४ किलोवाट आवर रहेको छ । यसको मूल्य करिब एक करोड भन्दा माथि रहेको स्रोतले बताएको छ । अहिलेसम्म यो गाडि सार्वजनिक भइसकेको छैन ।

प्रिमियम ईभीका रूपमा ‘अवतार ११’ को ग्राउन्ड क्लियरेन्स १३६ एमएम छ । ९०.३८ किलोवाट आवरको ब्याट्री प्याक र २३० किलोवाट क्षमताको रियर ह्विल ड्राइभ मोटर छ । ५ सय ५५ किलोमिटर रेन्ज छ । यसको मूल्य गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ छ ।

जेइकुको जे–६ को आधिकारिक विक्रेता एसपीजी अटोमोबाइलले मूल्य ६६ लाख ९९ हजार तोकिएको छ । रियर ह्विल ड्राइभ सिस्टममा १३५ किलोवाट क्षमताको मोटर रहेको छ ।

तस्विर : राजन कठायत, बीमापोष्ट

2 thoughts on “नाडा अटो शो: चिनिया स्तरहीन ईभी गाडिले भरियो, दुई सय तिरेर के हेर्ने ?

  1. Rabindra says:

    नेपाल मा कुनै पनि गाडी खरिद गर्दा बजार मा आएको 2 बर्ष पछि मात्र उस्को सर्विस र पार्ट्स को उपलभता हेरी खरिद गर्नु राम्रो होला !

  2. पुरुषोत्तम says:

    चीनिया मात्र होइनन् नेपाल मा ल्याइने वा मगाइने सम्पूर्ण कुरा गुणस्तरहीन नै हुन्छन् कारण किनकि सबै ले छिट्टै धेरै कमाउने धुनमा छन् ब्यापारी त व्यापरी नै भए सरकार नै यही नियत राखेर नियम कानुन बनाउछ र व्यापारी संग मिलेर कमिसन खान्छन् दोष कसको ? खरिद गर्ने हामि दोष अरुलाई किन ?

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*