साढे एक करोडको लागतमा नेप्सेको प्राङ्गणमा साँढे बन्दै, पाटनका कालिगढले बनाएको बुल असोजभित्रै तयार हुने

१२ भाद्र २०८१, बुधबार १४:५३

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा बुल देख्न पाउने भएको छ।

नेप्सेको प्राङगणमा साँढेको प्रतिमा स्थापना भईसकेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो ।

बुल निर्माणको ललितपुरको पाटनका कालीगढले निमार्ण गरिएको नेप्सेले जनाएको छ । अब छिट्टै नै नेप्सेमा बुलको आगमन हुने भएको छ ।

बुलको निर्माण ढलौटबाट भईरहेको र यसको उचाई ६ फिट र लम्बाई ८ फिट रहनेको छ भने बुलको तौल भने ६ टनको रहेको छ। अन्तराष्ट्रिय बजारमा नेप्सेको बुल रहेका छन्। नेपाली लगानीकर्ताहरुले पनि नेपाली बजारमा बुल राख्नुपर्ने माग राख्दै आईरहेका थिए ।

पछिल्लो समय केही ब्रोकर हाउसहरुले पनि आफ्नो ब्रोकर हाउसमा बुलको प्रतिमा राख्न थालेका छन् । नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ ले आफ्नो नयाँ भवन बने पछि सबैले देख्ने गरि बुलको प्रतिमा राखेको छ ।

बुलको कुल खर्च भने १ करोड ६८ लाख रुपैयाँ रकम लागिएको नेप्सेका प्रवक्ता मुराहरी नेप्सेले जनाएको छ । नेप्सेमा बन्ने बुल ६ फुट उचाई र ७ फुट लम्बाई हुनेछ । यस्तै बुलको तौल १२ सय दखि १३ सय किलो हुने प्रारम्भिक अध्ययनबाट देखिएको छ ।

लामो समयदेखि तयारी गरिएपनि ०७२ को भूकम्प पनि नेप्सेका केही भौतिक संरचनामा क्षति पुगेको थियो ।

भौतिक संरचनामा क्षति पुगेपछि भित्ता तयार पर्ने, फूल रोप्ने, बगैचा बनाउने र साँढेको प्रतिमा बनाउने कार्य योजना बनेको थियो । सोही योजना अनुसार एउटै निर्माण व्यवसायीले काम गरिरहेको छ ।

असोजमसान्तसम्ममा नेप्सेको प्राङगणमा साढेको प्रतिमा तयार हुने प्रवक्ता मुराहरी पराजुलीले बताए । विश्वका सबै स्टकमा साँढेको प्रतिमा राख्ने चलन रहेको छ । नेपालमा पनि अब बन्ने निश्चित भएको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*