सहकारी संस्थाको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा

१२ भाद्र २०८१, बुधबार १३:०१

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा जुटेको छ । अहिले समितिको बैठक बसिरहेको छ ।

आजको बैठकबाटबाट प्रतिवेदन लेखन कार्य सुरु हुने समिति सदस्य लेखनाथ दाहालले जानकारी दिए । ‘बैठकमा आजबाट हामी प्रतिवेदन लेखनको तयारीमा जुटेका छौँ । बयान लिने काम सम्पन्न भइसकेको छ । निर्धारित समयभित्र सम्पन्न पनि गर्नु छ‚’ उनले भने ।

समितिले टिओआरको अनुसूची १ र २ मा भएको २९ सहकारीका प्रतिनिधिसँग बयान लिएको थियो । यस्तै‚ रास्वपा सहमहामन्त्री विपिन आचार्य र सभापति रवि लामिछानेसहित विभिन्न हाई प्रोफाइल व्यक्तिको समेत बयान समितिले लिएको थियो ।

‘जीवी राई बाहेक हामीले सबैको बयान लिने काम सक्यौँ‚’ उनले भने । प्रतिनिधिसभाको जेठ १५ गते बसेको बैठकले नेकपा ९एमाले० सांसद सूर्य थापाको नेतृत्वमा विशेष समिति गठन गरेको हो। समितिको म्याद यही भदौ १५ गते सकिँदैछ । तर‚ काम थालनी गरेको ३ महिना समितिको समायवधी भएकाले भदौ २२ सम्म समय पाउनुपर्ने समिति सदस्यहरूको मत छ ।

थापाको समितिमा एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट दिलेन्द्र बडू ९पहिले बद्री पाण्डे० र ईश्वरीदेवी न्यौपाने, नेकपा ९माओवादी केन्द्र० बाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन्।

One thought on “सहकारी संस्थाको संसदीय छानबिन विशेष समिति प्रतिवेदन लेखनको तयारीमा

  1. We need our saving back as soon as possible

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*