एलआइसी नेपालको “जीवन उत्सव बीमा” योजना सार्वजनिक, बीमाङ्कको दुई गुणासम्म सुरक्षा
काठमाडौं। एलआईसी नेपालले नेपाली बीमा बजारमा नयाँ बीमा योजना ल्याएको छ। बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु हुँदा बीमांकको दोब्बर रकम सहित आर्जित बोनस प्रदान गरिने विशेषता भएको जीवन उत्सव योजना लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल ले आज एक कार्यक्रमका बिच सार्वजनिक गरेको छ ।
यो बीमा योजना एलआइसी नेपालको काठमाडौं स्थित कर्पोरेट कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच कम्पनीका वर्तमान निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमार, नायब कार्यकारी निर्देशक ए दत्ता, सुचना प्रविधि प्रमूख रोहित बुदियाल, मार्केटिङ विभाग प्रमुख प्रकाशभक्त उपाध्याय एवं अण्डरराईटिङ विभाग प्रमुख सबिना श्रेष्ठ लगायत अन्य विभागीय प्रमुखहरू तथा कर्मचारीहरुले आज संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।
उक्त शुभारम्भ कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले यो बीमा योजना नेपालको परिप्रेक्ष्यमा बिलकुलै नयाँ भएको र नेपाल बीमा प्राधिकरणको निर्देशिका बमोजिम ल्याईएको प्रष्ट पारे ।
यस बीमा योजनाले हाल बीमा अवधी नपुग्दै बीमा परित्याग गर्ने परिपाटीलाई निरुत्साहित गर्ने र बीमालाई लामो अबधि सम्म चलाउन मद्दत गर्ने विश्वास रहेको श्री कुमारले जानकारी दिएका छन् ।